बंगलादेशको अवस्थालाई लिएर बेलायती सांसद चिन्तित « Khabarhub

बंगलादेशको अवस्थालाई लिएर बेलायती सांसद चिन्तित


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको अवस्था खराब बन्दै गएकोमा बेलायती सांसदले चिन्ता व्यक्त गरेका छन् । बेलायती सांसद बब ब्ल्याकम्यानले बंगलादेशमा अल्पसङ्ख्यक, विशेषगरी हिन्दूमाथिको हिंसा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले बंगलादेशका हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीको घरमा आगजनी भएको, सडकमै उनीहरुको हत्या हुने गरेको पनि जनाए । संसदमा बोल्दै सांसद ब्ल्याकम्यानले आगामी फेब्रुअरी १२ मा तोकिएको निर्वाचनप्रति पनि चासो व्यक्त गरे ।

देशको मुख्य राजनीतिक दल अवामी लिगमाथि प्रतिबन्ध लागेको अवस्थामा हुने चुनावले लोकतान्त्रिक निकास दिनेमा उनले आशंका व्यक्त गरे । उनले बंगलादेशमा बढ्दो इस्लामिक अतिवादप्रति पनि चिन्ता जाहेर गरे ।

उनले आफ्ना विदेश मन्त्रीलाई बंगलादेशको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र समावेशी बनाउन र अल्पसङ्ख्यकको सुरक्षालाई ध्यान दिँदै कदम चाल्न पनि आग्रह गरे ।

बेलायतको संसदमा बंगलादेशको अवस्थाबारे बारम्बार चिन्ता जाहेर हुने गरेको छ । यसअघि गत साता चार जना सांसदहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बंगलादेशको अवस्थाबारे चासो राखेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : १६ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ