छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डअन्तर्गत मकवानपुरको बकैयाँ गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्कीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

जितपुरको भञ्ज्याङबाट ठिङ्गनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०९५२ नम्बरको ट्रक र मधेस प्रदेश ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।

यस्तै, हेटौँडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर विद्युतको ट्रान्समिटर बनाउने कामदारको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार विद्युत्को ट्रान्समिटर बनाउने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय आदर्श भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : २२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति