रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण « Khabarhub

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै तीन दिनभित्र पेस गर्ने गरी स्पष्टीकरण सोधेको हो ।

‘उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईले माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु नपर्ने हो ? यस पत्र प्राप्त भएको ३ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले भोलि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्दैछ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : २८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६