गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली « Khabarhub

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार झापाको गौरादहस्थित पाहुनाघरमा गौरादह र गौरिगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग भेटघाट तथा मतदातासँग अन्तरक्रिया गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेटघाटमा अध्यक्ष ओलीले पार्टीको एजेन्डा, विगतमा आफूले खेलेको भूमिका र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए ।

अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले ग्रामीण क्षेत्रको विकास र समृद्धिमा नेकपा एमालेको निर्णायक भूमिका रहेको उल्लेख गरे । उनले सडक, पुल, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार विस्तारमा एमाले नेतृत्वका सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे । “गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो,” उनले भने, “आज देखिएका धेरै पूर्वाधार विकासका काम त्यसैको परिणाम हुन्।”

अध्यक्ष ओलीले सामाजिक सञ्जालको प्रभावबारे पनि कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गरे । सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा रहेको उनको भनाइ थियो । “सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ,” उनले भने, “यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ।”

उनले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभई राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताए । बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा उनले जोड दिए । “देशको स्वाधीनता, स्थायित्व र विकासको पक्षमा उभिने शक्ति एमाले हो,” अध्यक्ष ओलीले स्पष्ट पारे ।

भेटघाट तथा अन्तरक्रियामा सहभागी अगुवा कार्यकर्ता र मतदाताले स्थानीय समस्या, विकासका आवश्यकता र निर्वाचन रणनीतिबारे आफ्ना जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले ती जिज्ञासाको जवाफ दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : १६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६