गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली « Khabarhub

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार झापाको गौरादहस्थित पाहुनाघरमा गौरादह र गौरिगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग भेटघाट तथा मतदातासँग अन्तरक्रिया गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेटघाटमा अध्यक्ष ओलीले पार्टीको एजेन्डा, विगतमा आफूले खेलेको भूमिका र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए ।

अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले ग्रामीण क्षेत्रको विकास र समृद्धिमा नेकपा एमालेको निर्णायक भूमिका रहेको उल्लेख गरे । उनले सडक, पुल, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार विस्तारमा एमाले नेतृत्वका सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे । “गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो,” उनले भने, “आज देखिएका धेरै पूर्वाधार विकासका काम त्यसैको परिणाम हुन्।”

अध्यक्ष ओलीले सामाजिक सञ्जालको प्रभावबारे पनि कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गरे । सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा रहेको उनको भनाइ थियो । “सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ,” उनले भने, “यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ।”

उनले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभई राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताए । बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा उनले जोड दिए । “देशको स्वाधीनता, स्थायित्व र विकासको पक्षमा उभिने शक्ति एमाले हो,” अध्यक्ष ओलीले स्पष्ट पारे ।

भेटघाट तथा अन्तरक्रियामा सहभागी अगुवा कार्यकर्ता र मतदाताले स्थानीय समस्या, विकासका आवश्यकता र निर्वाचन रणनीतिबारे आफ्ना जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले ती जिज्ञासाको जवाफ दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : १६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई