नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो « Khabarhub

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् ।

वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको हो ।

हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन् । गोलभेँडा, काउली, बन्दकोभी, सिमी, खुर्सानी, हिउँदे आलुलगायत तरकारी उत्पादन हुँदै आएको छ । कतिपय किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्याससमेत थालेका छन् । तरकारी बिक्रीबाट घरखर्च धान्न र बचत गर्न सहज भएको किसानको अनुभव छ ।

किसानले गरिरहेको प्रयासलाई निरन्तरता दिन वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम र आसपासका बजारमा सहजै खपत हुने गरेको छ । यातायात पहुँच राम्रो भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । केही किसानले सामूहिक रूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास सुरु गरेपछि आम्दानी अझै वृद्धि भएको बताइएको छ ।

कृषिलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यका साथ स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत पुगेको छ ।

व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा पनि सकारात्मक सङ्केत देखाउन थालेको छ । (रासस)

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : २४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर