माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री « Khabarhub

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् ।

ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेको ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान विष्णुका २४ अवतारमध्ये एक मानिँदा यो ठाउँ धार्मिक आस्थाको केन्द्र बनेको छ ।

यात्रीसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल आइपुगेपछि डोलाको दर्शन गर्न श्रद्धालु जम्मा हुन्छन् । प्रत्येक विश्रामस्थलमा भजनकीर्तनको परम्परा छ भने धार्मिक मेला लाग्ने गर्छ ।

ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्नेछन् । कञ्चनवन यात्राको महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो । यहाँबाट नवौँ दिन यात्री धनुषातिर प्रस्थान गर्नेछन् । यो यात्रा प्राचीन मिथिलाको राजधानी जनकपुरलाई मध्य केन्द्र बनाई १३३ किलोमिटर बृत्तमा गरिन्छ । यस यात्राका १५ रात्रि विश्रामस्थलमा महोत्तरीमा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार छन् ।

फागुन औँसीका दिन प्रारम्भ भई पूर्णिमासम्मको यो यात्राको ध्येय मानव कल्याण रहेको बताइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : २७ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा