शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू) « Khabarhub

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना वनभित्र लुकेको छ शान्त र रहस्यमय मणिचूड दह ।

प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने यो दह वरिपरि चिरपरिचित शहरको कोलाहलभन्दा बिल्कुलै फरक, शान्त वातावरण अनुभूत हुन्छ।

शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकका लागि यो आदर्श गन्तव्य मानिन्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब २ हजार ४०० मिटर उचाइमा अवस्थित यो दह पुग्न काठमाडौंको जोरपाटी–साँखु क्षेत्र, गागलफेदी वा सुन्दरीजलबाट करिब तीन घण्टाको उकालो पदयात्रा गर्नुपर्छ ।

पदयात्राका क्रममा घना वन, चिसो हावा र चराचुरुङ्गीको चिरबिराहटले यात्रालाई झन् रमाइलो बनाउँछ । यो क्षेत्र शान्त हाइकिङ र चरा अवलोकनका लागि पनि प्रसिद्ध छ ।

पौराणिक कथाअनुसार, साकेत नगरका राजा मणिचूड अत्यन्तै धार्मिक र दानवीर थिए । उनको शिरमा जन्मजात दिव्य मणि रहेको विश्वास गरिन्छ ।

एकपटक ठूलो अनिकाल र महामारी शान्त पार्नका लागि सो मणिको आवश्यकता परेपछि राजाले यही स्थानमा बसेर आफ्नो टाउको काटी मणि दान दिएका थिए भन्ने जनश्रुति छ । राजाको त्याग र मणिको प्रभावबाट उत्पन्न भएको विश्वासका कारण यस स्थानलाई ‘मणिचूड दह’ भनिएको हो ।

यहाँ चराहरूले दहमा खसेका पातहरू टिपेर सफा राख्छन् भन्ने रोचक किंवदन्ती आज पनि स्थानीयबीच प्रचलित छ।

हरियाली वन, हल्का कुहिरोले ढाकिएको पानीको सतह र आध्यात्मिक शान्तिले भरिएको वातावरणले यहाँ आउने जो–कोहीलाई ध्यानमग्न बनाउँछ । विशेषगरी श्रावण महिनामा भक्तजनहरूको आवागमन बढ्ने गर्दछ ।

प्रकृतिसँग आत्मीय सम्बन्ध खोज्ने र छोटो पदयात्रामार्फत आध्यात्मिक अनुभूति लिन चाहनेहरूका लागि मणिचूड दह एक अद्वितीय गन्तव्य बनेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : १० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर