विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी « Khabarhub

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का खेल शनिबार नै सुरु भए पनि पाकिस्तान र न्युजिल्यान्डले वर्षाका कारण अंक बाँडेकाले विश्वप सुपर–८ का खेलको दृश्य आइतबार मात्र देखिँदैछ ।

विश्वकपको समूह चरणमा सर्वाधिक रन पाकिस्तानका खेलाडीले बनाउँदा समूहचरणबाटै बाहिरिएको अमेरिकाका खेलाडीले सर्वाधिक विकेट हात पारेका छन् ।

अमेरिकी बलर साड्ली क्लाउन भ्यान साल्कविकले अहिलेसम्म सर्वाधिक १३ विकेट हात पारेका छन् । चार खेल खेल्दा उनले १३ विकेट हात पारेका हुन् । चार खेलमा १४ ओभर ५ बल बलिङ गर्दा उनले १३ विकेट हात पारेका हुन् । सर्वाधिक १३ विकेट हात पार्दा उनले १०१ रन खर्चिएका छन् ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा भारतका वरुण चक्रवती छन् । उनले चार खेलमा ६२ रन खर्चिएर ९ विकेट हात पारेका छन् । उनलाई पछ्याउँदै जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानका बलरले समान ९–९ विकेट लिएका छन् । रनरेटका आधारमा वरुण पहिलो नम्बरमा छन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पहिलो नम्बरमा पाकिस्तानका ब्याट्सम्यान साहिबजादा फरहान छन् । २९ वर्षीय उनले चार खेल खेल्दा २२० रन बनाएका हुन् ।

चार इनिङ खेल्दा एक शतक, एउटा अर्धशतक बनाएका उनले २१ चौका र ११ छक्काको मद्दतमा २२० रन बनाएका हुन् ।

सुपर–८ मा पुगेको पाकिस्तानका लागि मिडल अडरका ब्याट्सम्यान उनले थप उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । उनलाई श्रीलंकाका ब्याट्सम्यान पथुम निसानकाले १९९ रन बनाएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : ४५ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र