पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन « Khabarhub

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ निर्माणको घोषणा गरिएको छ ।

निर्देशक चन्द्र पन्तका अनुसार सिक्वेल ०८३ सालको दशैँमा प्रदर्शनमा आउनेछ । उनले मिति भने किटान गरेका छैनन् ।

पारिवारिक कथामा बनेको प्रदर्शनरत फिल्म ‘आबाट आमा’मा नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छ ।

‘सिक्वेल’ निर्माण घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरमा पललाई एकल फिचर्ड गरिएको छ । पोस्टरमा ‘आउँछु भन्ने झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्’ भन्ने लाइन राखिएको छ ।

उक्त लाइनले फिल्म दशैंसँग सम्बन्धित कथामा बन्ने संकेत गर्छ । पोस्टरमा पनि ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लेखिएको छ ।

सिक्वेलमा नायिकाहरु दोहोरिन्छ वा दोहोरिदैनन् भन्ने निर्माण पक्षले खुलाएको छैन ।

‘आबाट आमा’ले अहिलेसम्म घरेलु बजारमा १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यो पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म हो ।

यस हिट फिल्मको लेखक र निर्देशक पन्त आफैँ हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १ : २० बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)