नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन « Khabarhub

नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखले स्थलगत अनुगमन गरेका छन् । 

उनीहरूले नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्रमा अनुगमन गर्नुका साथै सर्वसाधारण, सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियमको पालना गर्न सचेतना गराएका हुन् ।
 
प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभाबी रोक्दा दुर्घटनाको जोखिम बढ्ने, यात्रुलाई असहजता हुने तथा व्यवसायीहरूलाई असर पर्ने भएकाले यातायात व्यवस्थापन सबैको दायित्व रहेको बताए । 

उनले स्थलगत रूपमा नै चालक, व्यवसायी र यात्रुको समस्या बुझ्दै सबै पक्षलाई सजग गराएका थिए । सवारीसाधन अव्यवस्थित रूपमा रोकिँदा हुने समस्या औँल्याउँदै उनले महानगरपालिका र डिभिजन सडक कार्यालयलाई बिग्रिएको सडक मर्मत तथा सुधार गरी व्यवस्थित बनाउन निर्देशन दिए । 

साथै, उनले व्यवसायीहरूले पसल बाहिर राखेका सामग्री हटाउन र तोकिएको स्थानमा मात्र पार्किङ गर्न, चालकलाई नियमअनुसार सवारी चलाउन, यात्रुहरूले तोकिएको स्थानमा बाटो काट्न र हिँड्न, साथै सुरक्षाकर्मीले नियम नमान्नेहरूलाई कारबाही गरी सचेत गराउन निर्देशन दिएका थिए । 

उनले भने, ‘यातायात व्यवस्थापनका लागि सर्वपक्षीय निर्णय भएको छ । सबै सरोकारवालाबीच भएको निर्णयअनुसार पालना गर्नुपर्छ, अन्यथा कारबाही हुन्छ ।’ नियम पालना नगरेको अवस्थामा सम्झाउँदा अटेर गरे कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।
 
अनुगमनका क्रममा डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बजार क्षेत्रमा कुनै सडक बिग्रिएको खण्डमा तत्काल मर्मत गरिने बताए । 

उनले सडक नियमको पालना गर्न सबैमा आग्रह गरे । लामिछानेले उक्त बजार क्षेत्र एसियाली मापदण्डअनुसारको राजमार्गअन्तर्गत पर्ने भएकाले सोहीअनुसार व्यवस्थित हुनुपर्ने र सबैले ट्राफिक नियमको अनिवार्य रूपमा पालना गर्नुपर्ने धारणा राखे ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापाले यातायात व्यवस्थापन समितिको बैठकबाट भएका निर्णय कार्यान्वयन गर्न आफूहरू सक्रियतापूर्वक लागेको बताए । उनले भने, ‘यो कार्यान्वयन पहिलेदेखि नै हुँदै आएको हो, तर थप व्यवस्थित बनाउन कडाइका साथ अघि बढेका छौँ ।’

थापाले आजको अनुगमनका क्रममा सचेतना गराउने कार्य गरिएको उल्लेख गर्दै यसलाई हरेक दिन निरन्तरता दिइने र निर्णय पूर्ण रूपमा कार्यान्वयन गरेरै छाड्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १ : ५७ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति