चुनावलाई लक्षित गर्दै रास्वपानिकटका तीन फिल्म युट्युबमा, दर्शकको बुझाइ : भिज्वल घोषणा पत्र « Khabarhub

चुनावलाई लक्षित गर्दै रास्वपानिकटका तीन फिल्म युट्युबमा, दर्शकको बुझाइ : भिज्वल घोषणा पत्र


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमाले सामाजकै कथा उठान गर्ने हो । केही काल्पनिक हुन्छन्, तथापि पात्र निर्माण कतै न कतै सामाजकै व्यक्तिहरूबाट प्रभावित भएका हुन्छन् ।

अझ हाम्रोमा त आर्ट फिल्म नाममा समाजकै यथार्थ कथा र पात्रहरूलाई पर्दामा उत्रारिन्छ ।

उदाहरणका लागि अहिले चर्चामा रहेका तीन फिल्मलाई नै लिँदा हुन्छ । ती फिल्महरू हुन्– ‘दिमाख खराब’, ‘झरीपछिको इन्द्रेणी’ र ‘सेन्टी भाइरस’ ।

गत भदौ २३ र २४ मा नेपालमा जेन–जी आन्दोलन लियो । यो आन्दोलनको मुद्दा नेतृत्व परिवर्तनमा विकास भयो । फलतः फागुन २१ मा मध्यावधि चुनाव हुँदैछ ।

नेतृत्वले देशलाई विकासको गति दिन नसकेपछि युवामा पैदा भएको आक्रोशले उक्त आन्दोलन भएको हो ।

यही सन्दर्भसँग मिल्दो जुल्दो कथामा भएका उक्त फिल्महरू चुनावको मुखमा सार्वजनिक भएको छ ।

फिल्म ‘सेन्टी भाइरस’मा नेतृत्वको प्रतिको असन्तुष्टि देखाइएको छ । ‘दिमाख खराब’मा सत्ताको रापतापमा बसेकाविरुद्ध स्वतन्त्र उम्मेदवारीको विषयलाई केन्द्रमा राखिएको छ ।

‘झरीपछिको इन्द्रेणी’मा विदेश जान चाहेन सन्तान र स्वेदशमै राख्न खोज्न अभिभावकको कथामा आधारित छ । यो विषय पनि राजनीतिसँग जोडिन्छ । यस फिल्मले देशमा रोजगारीको अभावले विदेश जान बाध्य युवाको मनोभावको प्रतिनिधित्व गर्छ । वैदेशिक रोजगारी देशको बेरोजगारी समस्यासँग पनि हो ।

अहिले चुनावमा ‘मास क्रेज’का साथ होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मुख्यतः यिनै विषयलाई मुद्दा बनाएको छ । उनीहरूले मतदाता आकर्षित गर्न नेतृत्व परिवर्तन, स्वदेशमै रोजगार र राजनीतिक बेथिति अन्त्यबारे भाषण गरिरहेका छन् ।

समग्रमा यी तीन फिल्मले केन्द्रीय रुपमा दिन खोजेको सन्देश पनि यही हो ।

यी तीनै फिल्मलाई राजनीतिक वृतमा चासोमा लिइएको छ । कारण– यिनका मेकरहरू रास्वपासँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा जोडिएका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको युट्युब च्यानलबाट ‘झरीपछिका इन्द्रेणी’को रिलिज भएको छ । यसको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ हुन् । जो बालेन्द्रका चुनावी र राजनीतिक सहयोगी हुन् । गत पुसमा मात्रै प्रदर्शनमा आएको हो ।

हलबाट उत्रिएको केही सातामै यो युट्युबमा आयो । निर्माण पक्ष चुनाव केन्द्रित भएरै यो फिल्म प्रदर्शनमा ल्याएको एक तप्काको बुझाइ छ । केहीले त यो फिल्मलाई बालेन्द्रको भिज्वल घोषण पत्र पनि भन्न भ्याएका छन् ।

‘दिमाख खराब’का निर्देशक निश्चल बस्नेत पनि रास्वपाका विशेष व्यक्ति हुन् । उनी चुनावी मैदानमा नभए पनि गोप्यरुपमा पार्टीको भागभण्डामा उनको बोली बिक्छ ।

जेन-जी आन्दोलनपछि उनको रास्वपा नेताहरुको हिमचिमले उनी त्यहही पार्टीमा आबद्ध व्यक्ति भन्ने सन्देश गएको छ ।

त्यहीकारण जनतालाई रास्वपातिर आकर्षित गर्न निश्चलले आफ्नो फिल्म प्रयोग गरे भन्ने भाष्य पनि बनेको छ ।

‘सेन्टी भाइरस’ विषय वस्तु पनि चुनाव सम्बन्धित भएकाले ‘दर्शकलाई रास्वपमा केन्द्रित बनाउन’ प्रयोग भएको रणनीतिका रुपमा एक तप्काले चर्चा गरेका छन् । यो फिल्म सीताराम कट्टेल धुर्मुसले चितवनमा क्रिकेट रंगशालाका लागि स्रोत जुटाउन बनाएका हुन् ।

त्यहीकारण यी तीन फिल्मलाई रास्वपाको भिज्वल घोषणा पत्रका रूपमा ठूलो संख्याका दर्शकले बुझेका छन् । यसबारे सम्बन्धित मेकरहरूले कुनै खण्डन र स्पष्टीकरण दिएका छैनन् । तर, यी तीनै फिल्म चुनाव घोषणा हुनुभन्दा पहिला नै छायाङ्कन भएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : २९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि