इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य « Khabarhub

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई पारदर्शी, सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउन ‘विद्युतीय व्यापार (इ(कमर्स) निर्देशिका, २०८०’ जारी गरेको छ । विद्युतीय व्यापार (इ-कमर्स) ऐन, २०८१ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका कार्यान्वयनमा ल्याइएको हो ।

निर्देशिका अनुसार विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्नेछ । सूचीकरणका लागि निवेदन प्राप्त भएको सात दिनभित्र विभागले सूचीकरण नम्बर सहितको जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था छ । 

यदि कुनै फर्मले सूचीकरण नगरी कारोबार गरेको पाइएमा निरीक्षण अधिकृतले कारबाही गरी सात दिनभित्र सूचीकरण गर्न आदेश दिन सक्नेछ र सो अवधिमा पनि नगरेमा प्ल्याटफर्म खारेजसम्मको कारबाही हुन सक्ने प्रावधान राखिएको छ ।

व्यवसायीले सूचीकरणका लागि फर्म दर्ता प्रमाणपत्र, विद्युतीय बीजक जारी गर्ने अनुमति, डोमेन स्वामित्व वा होस्टिङ सम्झौता, गोपनीयता संरक्षण नीति, फिर्ता नीति र साइबर सुरक्षा मापदण्ड अनुसारको प्रणाली परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ। साथै, फर्मको नाम, ठेगाना वा स्वामित्व परिवर्तन भएमा सात दिनभित्र विवरण अद्यावधिक गर्नुपर्नेछ ।

निर्देशिकाले उपभोक्ताको हितलाई विशेष प्राथमिकता दिएको छ। इ(कमर्स प्ल्याटफर्मले प्रयोगकर्ताको पासवर्ड, फोन नम्बर, ठेगाना जस्ता व्यक्तिगत विवरणहरू ईन्क्रिप्टेड गरी सुरक्षित राख्नुपर्नेछ । वस्तु वा सेवाको मूल्य र ढुवानी लागतका बारेमा खरिद गर्नु अगावै स्पष्ट जानकारी दिनुपर्ने र डिजिटल भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत गेटवे मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाअनुसार खरिद गरेको वस्तु चित्त नबुझेमा वा त्रुटिपूर्ण भएमा उपभोक्ताले ऐन बमोजिम फिर्ता गर्न सक्नेछन् र व्यवसायीले सात दिनभित्र रकम फिर्ता गर्नुपर्नेछ । व्यवसायीले आफ्नो प्ल्याटफर्ममा अनलाइन माध्यमबाट गुनासो दर्ता र व्यवस्थापन गर्ने संयन्त्र बनाउनुपर्नेछ । विभागमा प्राप्त भएका गुनासोहरू १५ दिनभित्र समाधान गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि विभागले निरीक्षण अधिकृत खटाएर नियमित अनुगमन गर्नेछ । अनुगमनका क्रममा भ्रामक वा अतिरञ्जित विज्ञापन गरेको, व्यक्तिगत सूचनाको संरक्षण नगरेको वा भुक्तानी सम्बन्धी गडबडी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्देशिकामा उल्लेख छ ।

व्यवसायीले गरेका कारोबारको अभिलेख, बिल बीजक र उपभोक्ता गुनासो सम्बन्धी विवरणहरू कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : २० बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन