मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ « Khabarhub

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित आफूहरूका सांसद खराब परेमा बीचमै फिर्ता बोलाउने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आइतबार आयोजित चुनावी र्‍यालीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टीलाई बहुमत दिन पनि आग्रह गरेका छन्। लामिछानेले समानता, विधिको शासन र कामका आधारमा राजनीति गर्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले भने, ‘रास्वपाले सबैलाई बराबर नजरले हेर्छ। पैसा हुने र नहुनेबीच विभेद नहोस् भन्ने पक्षमा हामी छौँ।’

कुनै व्यापारी वा व्यवसायीको पक्षपोषण नगर्ने स्पष्ट पार्दै उनले थपे, ‘रास्वपाले कुनै व्यापारीलाई बोकेर हिँड्दैन, कसैको संरक्षणमा राजनीति गर्दैन।’

लामिछानेले ‘राइट टु रिकल’ को मुद्दा पनि मतदातामाझ सुनाए । ‘रास्वपाबाट जितेर प्रतिनिधिसभामा गएका सांसदहरू खराब रहेछन् भने हामी फिर्ता बोलाउँछौँ,’ उनले भने, ‘यदि मतदाताले सही सांसद छान्न नसकेको देखियो भने हामी राइट टु रिकल प्रयोग गर्छौँ। त्यसैले एक दुई सांसद फिर्ता बोलाउँदा बहुमत नगुमोस् भनेर हामीलाई बहुमत चाहिएको हो।’

आफू तेस्रो पटक यही क्षेत्रबाट चुनाव लडिरहेको उल्लेख गर्दै उनले भने, ‘२०७९ मंसिर, २०८० वैशाखको उपनिर्वाचन र यस पटकसहित म तेस्रो पटक चुनाव लड्दैछु। तर हरेक पटक घेराबन्दीमा परेको छु।’

उनले पार्टी सरकारमा गए कानुन बमोजिम सबैलाई समान व्यवहार गरिने दाबी गरे। ‘हाम्रो सरकार आएपछि कानुन अनुसार सबैलाई बराबर र न्यायिक रूपमा काम गर्छौँ,’ उनले भने, ‘एक पटक हामीले भनेको मानिदिनुस्, बहुमत दिनुस्। हामी पाँच वर्ष काम गरेर देखाउँछौँ।’

लामिछानेले विगत ३५ वर्षको कामसँग पाँच वर्षको काम तुलना गर्न पनि आग्रह गरे। ‘३५ वर्षको काम र पाँच वर्षको काम त्यसपछि हेर्नुहोला। हाम्रो काम बोल्छ, सधैँ मान्छे बोलेर हुँदैन,’ उनले भने।

विदेश पलायनको मुद्दा उठाउँदै उनले भने, ‘अहिले घरघर रित्तो भएको छ। मतदाताले यही देशमा बस्ने वातावरण बनाइदिनुस् भनिरहेका छन्। हामी विधिको शासन स्थापना गरेर युवालाई यहीँ अवसर सिर्जना गर्छौँ।’

उनले आगामी पाँच वर्षमा कामकै आधारमा चुनाव जित्ने अवस्था बनाउन चाहेको बताए। ‘हामी काम गरेर उम्मेदवारहरू घरदैलो नगरी चुनाव जित्ने दिन ल्याउन चाहन्छौँ। हाम्रो कामले बोलोस् भनेर आएका छौँ,’ उनले भने।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर