एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति युवा क्लबविरुद्ध सहज जित निकालेको छ ।  

आइतबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नवजनजागृतिका निश्चल थापाले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि एपीएफका कप्तान हरि कार्कीले ४३औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यस्तै ४६औं मिनेटमा एपीएफका युवराज थापा, ५९औं मिनेटमा समिराज थोकर र ६२ औं मिनेटमा अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए ।

जितसँगै एपीएफले ६ खेल खेल्दै १६ अंक जोडेको छ । जनजागृति अङ्कविहीन छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : ०५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले