एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति युवा क्लबविरुद्ध सहज जित निकालेको छ ।  

आइतबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नवजनजागृतिका निश्चल थापाले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि एपीएफका कप्तान हरि कार्कीले ४३औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यस्तै ४६औं मिनेटमा एपीएफका युवराज थापा, ५९औं मिनेटमा समिराज थोकर र ६२ औं मिनेटमा अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए ।

जितसँगै एपीएफले ६ खेल खेल्दै १६ अंक जोडेको छ । जनजागृति अङ्कविहीन छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका