निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस « Khabarhub

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । 

निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए । 

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।  

तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ५ : ०५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर