‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’ « Khabarhub

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा सहायता आवश्यक नभएको स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अस्पताल जहाज स्वायत्त डेनिस क्षेत्रमा पठाइरहेको दाबी गरेपछि उनले यो कुरा सार्वजनिक रूपमा बताएका हुन् ।

लुन्ड पौल्सेनले भने, ‘ग्रिनल्यान्डको जनसङ्ख्याले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्छ । उनीहरूले यसलाई या त ग्रिनल्यान्डमा प्राप्त गर्छन् वा यदि विशेष उपचार आवश्यक भएमा डेनमार्कमा प्राप्त गर्छन् । त्यसैले ग्रिनल्यान्डमा विशेष स्वास्थ्य सेवा पहलको आवश्यकता छैन ।’ 

डेनमार्कमा जस्तै ग्रिनल्यान्डमा स्वास्थ्य सेवामा पहुँच निःशुल्क छ । आर्कटिकको विशाल टापुमा पाँच वटा क्षेत्रीय अस्पतालहरू रहेका छन्, जसमा नुक अस्पतालले सम्पूर्ण क्षेत्रका बिरामीहरूलाई सेवा दिइरहेको छ ।

ग्रिनल्यान्डको स्थानीय सरकारले पनि डेनमार्कका अस्पतालहरूमा आफ्ना बिरामीहरूको उपचार सुधार गर्न फेब्रुअरीको सुरुमा कोपेनहेगनसँग सम्झौता गरेको थियो ।

शनिबार ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भन्नुभएको थियो, ‘हामी ग्रिनल्यान्डमा बिरामी भएका र त्यहाँ हेरचाह नगरिएका धेरै मानिसहरूको हेरचाह गर्न ठूलो अस्पतालको डुङ्गा पठाउन जाँदैछौँ । यो बाटोमा छ ।’

ट्रम्पले यसअघि ग्रिनल्यान्डलाई अमेरिकाले आफ्नो सुरक्षा सुनिश्चित गर्न नियन्त्रण गर्नुपर्छ भनी उल्लेख गरेका थिए । यद्यपि उनले नाटो महासचिव मार्क रुटसँग अमेरिकी प्रभाव सुनिश्चित गर्न ‘फ्रेमवर्क’ सम्झौता गरेपछि कब्जा गर्ने पहिलेका धम्कीहरू फिर्ता लिएका छन् ।

लुन्ड पौल्सेनले चिकित्सकसँग उनलाई अस्पताल जहाजको सम्भावित आगमनको बारेमा थाहा नभएको बताए । उनले भने, ‘ट्रम्पले लगातार ग्रिनल्यान्डका बारेमा ट्विट गर्दै आउनुभएको छ । यो अन्तर्राष्ट्रिय राजनीतिमा पकड लिएको नयाँ सामान्यको अभिव्यक्ति हो ।’

यसअघि शनिबार डेनमार्कको आर्कटिक कमान्डले नाविकले तत्काल चिकित्सा सहायता अनुरोध गरेपछि अमेरिकी पनडुब्बीको चालक दलका सदस्यलाई नुकको तटबाट बाहिर निकालिएको घोषणा गरेको थियो । रासस
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ५ : ४४ बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख