भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक « Khabarhub

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्र र भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

दुवै उम्मेदवारहरूले राष्ट्र र राष्ट्रियताको सवालमा पार्टीको स्पष्ट अडान जनतासामु राख्दै मुलुकमा सुशासन, जनजीविका, रोजगारीलाई सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमाले सचिव समेत रहेका उम्मेदवार बस्नेतले मुलुकमा वैदेशिक हस्तक्षेपलाई रोक्नु नै यस पटकको मुख्य एजेन्डा भएको बताए ।

उनले आगामी दिनमा कसैले पनि राष्ट्रघातक काम गर्न नपाउने गरी शासक नभई सेवकको रुपमा जनतामा जाने उल्लेख गरे । उनले भक्तपुरको सम्पदाको जगेर्ना र विकास गर्दै सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा अघि बढाइने बताए । 

त्यस्तै भक्तपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्रले भू उपयोगको वर्गीकरणमा जनताको भावनालाई समेट्नेगरि नीति बनाउने, संवैधानिक नियुक्तिलाई पारदर्शी बनाइने, भ्रष्टाचार र अनियमितताका कार्यहरूलाई निरुत्साहन गर्ने लगाएका एजेन्डाहरू प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ५ : ५० बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर