कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण « Khabarhub

कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भयरहित र सद्भावपूर्ण वातावरणमा निर्वाचन हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भएको उल्लेख गरे । 

कांग्रेस अनेक संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेकाले आफू पनि भयको राजनीति नगर्ने र अरूलाई पनि भय राजनीतिक गर्न नदिने उनले बताए । प्रवक्ता चालिसले कुनै भ्रममा नगरी दृढ भएर चुनावी प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । 

जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झन्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे । उनले निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण बढ्दै गएकाले घर छाडेर गएकाहरूलाई घर फर्कन आह्वान समेत गरे । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : ३८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको