कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण « Khabarhub

कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भयरहित र सद्भावपूर्ण वातावरणमा निर्वाचन हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भएको उल्लेख गरे । 

कांग्रेस अनेक संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेकाले आफू पनि भयको राजनीति नगर्ने र अरूलाई पनि भय राजनीतिक गर्न नदिने उनले बताए । प्रवक्ता चालिसले कुनै भ्रममा नगरी दृढ भएर चुनावी प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । 

जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झन्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे । उनले निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण बढ्दै गएकाले घर छाडेर गएकाहरूलाई घर फर्कन आह्वान समेत गरे । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : ३८ बजे

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)