बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन « Khabarhub

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन गरेको छ ।

जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा रहेका छन् । यसअघिका निर्वाचनमा हुँदै आएको बदर मत घटाउन स्वयम्सेवकमार्फत गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बदर मत घटाउन  ९७ वटै वडामा एक/एक जना स्वयम्सेवक परिचालन गरिएको जानकारी दिए ।

‘जिल्लाका ९७ वटै वडामा मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरी एक/एक जना स्वयम्सेवक परिचालन गरेका छौँ,’ उनले भने, ‘तोकिएका स्वयम्सेवकले आ–आफ्नो वडाका टोल, समूह अथवा घरघरमै पुगेर मतदान गर्ने तरिकाबारे जानकारी दिनेछन् ।’

तोकिएका स्वयम्सेवकले जिम्मेवारीअनुरुप कार्य गरे–नगरेको अनुगमनका लागि प्रत्येक स्थानीय तहमा एक/एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने काम भइरहेको कार्यालयले जनाएको छ । 

जिल्लामा यसअघिका निर्वाचनमा औसतमा चार प्रतिशत मत बदर हुने गरेको थियो । कार्यालय प्रमुख थापाले भने, ‘निर्वाचनमा चार प्रतिशतसम्म मत बदर हुनु भनेको ठूलो सङ्ख्या हो ।

त्यसैले गाउँ तथा टोलटोलमा नमूना मतपत्र, स्वस्तिक छापसहित खटिएका स्वयम्सेवकले मतको सदुपयोग तथा सदर मतका लागि सहजीकरण गर्नेछन् । आशा गरौँ यसपटक बदर मत घट्ने छ ।’

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा करिब दुई हजार कर्मचारी तथा ९०० स्वयम्सेवक खटिने छन् । यस्तै, जिल्लामा एक हजार ९४७ सुरक्षाकर्मी खटिने छन् ।

जिल्लामा एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन् । पाँच सयभन्दा धेरै मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयम्सेवक रहनेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : १५ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर