मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ « Khabarhub

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

आइतबार मुस्लिम आयोगको गत आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले अधिकार संरक्षणका लागि आयोगले थप भूमिका बढाउनुपर्ने बताए । 

प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिक क्रमिक रूपमा अधिकारसँग जोडिँदै गएको उल्लेख गरे । उनले भने, ‘पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिहरू प्रशंसनीय छन् । 

प्रतिवेदनमा समेटिएका विषयबारे प्रदेशसभामा समेत छलफल हुन्छ । देखिएका समस्या समाधानमा प्रदेश सरकारले आवश्यक भूमिका खेल्छ ।’

प्रदेश प्रमुखसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेस गरेका थिए । कार्यवाहक अध्यक्ष अलीले गत वर्ष सञ्चालन गरिएका कार्यक्रम र प्रभावबारे जानकारी गराएका थिए । 

प्रतिवेदनमा आयोगका गतिविधि, वार्षिक कार्यक्रम, समस्या तथा मुस्लिम समुदायसम्बन्धी तथ्याङ्क समावेश गरिएका छन् । 
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : ४२ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर