मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश « Khabarhub

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं-६ का उमेदवार डा शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

बिराटनगर–१२ निवासी उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत कांग्रेस प्रवेश गरेका छन् ।

यस्तै सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफुहरु कांग्रेसमा आएको बताएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : ५२ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर