मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु « Khabarhub

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि यहाँ तालिम सुरु भएको छ ।

धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु परीले आजदेखि निर्वाचन क्षेत्र नं १ मा खटिनेलाई लक्षित गरी प्रशिक्षण दिइएको र यो क्रम जारी रहने बताए ।

मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहितका सुरक्षा अधिकारीहरूले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य एवं अधिकारका विषयमा प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा शान्तिसुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहितका विषयमा धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरलगायतले जानकारी दिए । निर्वाचन क्षेत्र १ बाट सुरु भएको तालिम क्रमशः ११ गते क्षेत्र नंं २, १२ गते क्षेत्र नंं ३ र १३ गते क्षेत्र नंं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

जिल्लामा ४ निर्वाचन क्षेत्र गरी ६४५ मतदान केन्द्र रहेका छन् । जिल्लामा यस पटक नयाँ तथा पुराना गरेर पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ४० बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष