पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन्।

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ०८ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।