म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण « Khabarhub

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गरे । भूकम्पप्रतिरोधी क्षमताका दुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।

ती भवन निर्माणमा एक करोड ७४ लाख खर्च भएको छ । दुईतले सातकोठे स्वास्थ्यचौकीको भवन निर्माणमा ८९ लाख ६८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यचौकीको भुइँ तलामा उपचार, औषधि भण्डारण, प्रशासन, स्वाथ्यकर्मीको कार्यकक्ष छन् । पहिलो तलामा स्वास्थ्यकर्मीहरूको आवासका लागि दुईवटा कोठा छन् ।

स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि वडा कार्यालय र स्वास्थ्यचौकी एउटै साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो । सभाहलसहितको दुईतले वडा कार्यालयको भवन निर्माणका लागि भगवती कन्ट्रक्सनले ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि बुद्धिविकास माविको पुरानो कक्षा कोठा भवनबाट वडा कार्यालय सञ्चालन गरिएको छ । वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ ।

भुइँतलामा शौचालय, सयनकक्ष र चारवटा कोठा रहेको भवनको माथिल्लो तलामा सभाहल बनाइएको छ । धवलागिरि गाउँपालिकाले यसअघि लुलाङको लमसुङ, ताकम, मराङ र मल्कवाङमा वडा कार्यालय भवन निर्माण गरिसकेको अध्यक्ष पुनले बताए ।

साविक मुना गाविसको भवनबाट सञ्चालन भइरहेको गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । गुर्जाबाहेकका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् ।

धवलागिरि गाउँपालिकाले वडा नम्बर १ गुर्जा र वडा नम्बर ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको उपाध्यक्ष पुनमगरले बताए । वडा नम्बर ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छ । वडा नम्बर २, ५ र ६ मा रहेका स्वास्थ्यचौकीमा यसअघि नै भवन निर्माण भएका थिए । (रासस)

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ५६ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको