पिएम कपमा आशिफ शेखको शतक « Khabarhub

पिएम कपमा आशिफ शेखको शतक


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम) कप क्रिकेटमा आशिफ शेखले शतक प्रहार गरेका छन् । टस जितेर बागमतीले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको सशस्त्र प्रहरीका लागि आशिफ शेखले शतक प्रहार गरेका हुन् ।

आशिफले ८८ बलको सामना गर्दा १३ चौका र तीन छक्काको सहयोगमा सय रन पूरा गरेका हुन् । ३३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १९४ रन बनाएको सशस्त्रका लागि अहिले शेख र सुमित महर्जन ब्याटिङ गरिरहेका छन् । सुमितले ३७ बलको समना गर्दा १८ रन बनाएका छन् भने शेखले १०५ रन बनाएका छन् ।

आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताका खेलहरू काठमाडौँको मुलपानी तथा मधेश प्रदेशको जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशाला र वीरगन्जस्थित नारायणी रङ्गशालामा हुँदैछन् ।

वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली आर्मी, पुलिस र एपिएफ गरी १० टोलीको सहभागिता रहेको छ ।

सिङ्गल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितमा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले १०, उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ११ : ३३ बजे

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल