नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण « Khabarhub

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ।

इजरायली एम्बुलेन्स सेवाका अनुसार आक्रमणमा १५० जनाभन्दा धेरै घाइते भएका छन्। इजरायलको आर्मी रेडियोका अनुसार डिमोना र अरादमा भएको आक्रमणपछि १५० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ।

उनीहरू उपचारका लागि सोरोका अस्पताल पुगेका छन्। घाइतेहरूको अवस्था र क्षतिको पूर्ण विवरण भने अझै पनि सार्वजनिक भएको छैन।

अन्तर्राष्ट्रि अणु ऊर्जा एजेन्सीले हालसम्म डिमोनाबाट कुनै पनि रेडिएसन चुहावट भएको जानकारी नआएको जनाएको छ।

संस्थाका महानिर्देशक राफेल ग्रोस्सीले युद्धका क्रममा परमाणु संरचनाको सुरक्षामा विशेष संयम अपनाउन आग्रह गरेका छन्।

यसअघि अमेरिका र इजरायल ले इरानको नतान्ज परमाणु केन्द्रमा हवाई आक्रमण गरेका थिए। नतान्ज इरानको सबैभन्दा ठूलो परमाणु केन्द्र हो, जहाँ ६० प्रतिशतसम्म यूरेनियम समृद्धि गरिएको दाबी गरिन्छ।

विश्लेषकहरूले डिमोनामाथिको आक्रमणलाई नतान्जमाथिको हमलाको प्रतिकारका रूपमा हेरेका छन्।

एम्बुलेन्स सेवाका अनुसार डिमोनासँगै अराद सहरमा पनि आक्रमण भएको छ, जहाँ थप ६८ जना घाइते भएका छन्। तीमध्ये ४७ जनाको अवस्था सामान्य र १० जनाको अवस्था गम्भीर रहेको छ।

इजरायलको चर्चित वायु रक्षा प्रणाली आइरोन डोमले यी मिसाइलहरू रोक्न असफल भएको बताइएको छ। इन्टरसेप्टर प्रक्षेपण गरिए पनि मिसाइलहरूले प्रणालीलाई छल्न सफल भएका थिए।

दमकलकर्मीहरूका अनुसार डिमोना र अराद दुवै स्थानमा प्रहार गरिएका ब्यालिस्टिक मिसाइलहरू भारी वारहेडसहित आएका थिए, जसले ठूलो क्षति पुर्‍याएको छ।

डिमोना किन महत्वपूर्ण ?

डिमोना सहर नजिकै नेगेभ मरुभूमिमा अवस्थित शिमोन पेरेज नेगेभ आणविक रिसर्च केन्द्रलाई सामान्यतया ‘डिमोना रिएक्टर’ भनेर चिनिन्छ।

यो केन्द्रलाई इजरायलको अघोषित परमाणु हतियार भण्डारणस्थल मानिन्छ। यद्यपि इजरायलले यसलाई औपचारिक रूपमा अनुसन्धान केन्द्र मात्रै भएको बताउँदै आएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा एकमात्र परमाणु शक्ति सम्पन्न देश मानिने इजरायलका यस्ता केन्द्रमाथि आक्रमण हुनु अत्यन्त संवेदनशील र गम्भीर विषय हो।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ०४ बजे

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको

महालेखाको प्रारम्भिक प्रतिवेदन : धरानमा हर्क र अइन्द्रसहितले अनुगमन नै नगरी एक लाख ५६ हजार भत्ता लिएको भेटियो

धरान- आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले धरान

नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्त्वपूर्ण उपलब्धि

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको