कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ « Khabarhub

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भिक निष्कर्ष रहेको बताए ।

त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भइरहेको उनले बताए । त्यस्तै उनले कतिपय क्षेत्रहरूमा संगठनात्मक कमजोरी मात्रै नभई पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभास बैठकले गरेको उल्लेख गरे । 

पार्टीको क्रियाशील सदस्यको सङ्ख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

उनले निर्वाचन परिणामका विषयमा पार्टीमा प्रस्तुत भएका प्रतिवेदनका साथै जिल्लाबाट आएका रिपोर्टहरूलाई समेत एकै ठाउँ राखेर सूक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने जानकारी दिए ।

उनले आगामी दिनमा कांग्रेस आफूलाई नवजीवन दिने र पार्टीलाई पुनः सुदृढ गर्दै अघि बढ्ने उल्लेख गरे । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ४९ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा