देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै « Khabarhub

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । 

देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कति योगदान पुर्‍याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए ।

 उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने दिए । 

‘अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ’, उनले भने, ‘अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतालमा पठाउँछौँ ।’

उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ । 

कार्यालयले प्रत्येक १०/१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ । 

सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए । 

त्यतिबेला एक सय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यस पटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ । 
 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : १७ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा