नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा « Khabarhub

नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । 

नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिइन् । 

बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा सत्तापक्ष र बायाँ पक्षमा प्रतिपक्षीलाई बस्ने व्यवस्था मिलाइएको छ । 

त्यसका लागि कुर्सीदेखि माइकसम्मको व्यवस्थापन भइसकेको छ भने बत्ती जडानका साथै रंगरोगनको कार्य अन्तिम चरणमा पुगेको संघीय संसदकी सहसचिव मिश्रले सपथका साथै प्रतिनिधिसभाका प्रारम्भीक बैठकहरु समेत अस्थायी रुपमा बहुउद्देश्यीय हलबाटै सञ्चालन हुने उल्लेख गरिन् । 

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ यहि चैत्र १२ गतेका लागि तय भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : ५९ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु