नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा « Khabarhub

नवनिर्वाचित सांसदको शपथका लागि हल निर्माण अन्तिम चरणमा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । 

नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिइन् । 

बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा सत्तापक्ष र बायाँ पक्षमा प्रतिपक्षीलाई बस्ने व्यवस्था मिलाइएको छ । 

त्यसका लागि कुर्सीदेखि माइकसम्मको व्यवस्थापन भइसकेको छ भने बत्ती जडानका साथै रंगरोगनको कार्य अन्तिम चरणमा पुगेको संघीय संसदकी सहसचिव मिश्रले सपथका साथै प्रतिनिधिसभाका प्रारम्भीक बैठकहरु समेत अस्थायी रुपमा बहुउद्देश्यीय हलबाटै सञ्चालन हुने उल्लेख गरिन् । 

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ यहि चैत्र १२ गतेका लागि तय भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ४ : ५९ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर