एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन « Khabarhub

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक एउटा अत्याधुनिक लडाकु जहाज एफ-१५ लाई निशाना साँधेको जनाएको छ।

अमेरिका र इजरायल दुवै देशले प्रयोग गर्दै आएको यो एफ १५ लडाकुलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत निशाना बनाएको दाबी इरानले गरेको छ।

इरानको सेनाका अनुसार उक्त जेट दक्षिणी तटनजिक इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि ट्र्याक गरी सतहबाट आकाशमा प्रहार गर्ने मिसाइलमार्फत् निशाना साँधिएको हो ।

स्ट्रेट अफ होर्मुज वरपर गरिएको उक्त कारबाहीबारे इरानी संयुक्त वायु रक्षा कमाण्डले पनि पुष्टि गरिसकेको छ।

यद्यपि, उक्त जेट कति क्षतिग्रस्त भयो वा खसालियो कि खसालिएन भन्नेबारे स्पष्ट पुष्टि भएको छैन। यस घटनाबारे संयुक्त राज्य अमेरिका र इजरायलबाट आधिकारिक प्रतिक्रिया आएको छैन।

एफ ३५ मा पनि निशाना

यसैबीच इस्लामि रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) ले तीन दिनअघि विश्वकै अत्याधुनिक मानिने एफ ३५ लडाकु जहाजलाई खसालेको दाबी गरेको थियो।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार स्वदेशमै विकसित ‘मजिद’ नामक छोटो दूरीको वायु रक्षा प्रणाली प्रयोग गरी उक्त जेटलाई निशाना बनाइएको थियो।

एफ–३५ जेट स्टेल्थ प्रविधिमा आधारित हुने भएकाले राडारबाट सजिलै पत्ता लगाउन नसकिने अत्याधुनिक लडाकु विमान मानिन्छ। तर इरानले यसको कमजोरीका रूपमा इन्जिनबाट निस्कने ताप (इन्फ्रारेड विकिरण) लाई पहिचान गरी आक्रमण गरिएको जनाएको छ।

इन्फ्रारेड रणनीति र ‘डिकोय’ योजना

इरानका अनुसार ‘मजिद’ प्रणाली राडारमा नभई इन्फ्रारेड प्रविधिमा आधारित भएकाले विमानमा रहेको चेतावनी प्रणालीले खतरा समयमै थाहा पाउन सकेन।

तनाव सुरू भएपछि इरानले आफ्ना वास्तविक राडार प्रणालीहरू बन्द गरी सुरक्षित स्थानमा लुकाएको छ। अहिले करिब १० हजार डलर लागतका नक्कली ‘डिकोय’ संरचना प्रयोग गरेको दाबी गरिएको छ। ती संरचनाले वास्तविक राडारजस्तै संकेत दिने भएकाले अमेरिका-इजरालय भ्रममा परेको बताइएको छ।

इरानको दाबीअनुसार अमेरिका र इजरायलले ती नक्कली संरचना नष्ट गरेपछि इरानको वायु रक्षा प्रणाली समाप्त भएको ठानेर एफ–३५ जेटहरू भित्री क्षेत्रमा पठाएका थिए। त्यसपछि लुकाइएका प्रणाली सक्रिय पारेर इरानले प्रहार गरेको हो ।

तर उता अमेरिकी सञ्चारमाध्यम सीएनएनले पनि मध्यपूर्व क्षेत्रमा एक एफ–३५ जेटले आकस्मिक अवतरण गरेको उल्लेख गरेको छ। तर इरानबाट गरिएको ‘खसालिएको’ दाबीबारे स्वतन्त्र पुष्टि अझै भएको छैन।

विश्लेषकहरूका अनुसार यी दाबीहरू मुख्यतः इरानी सरकारी स्रोतमा आधारित भएकाले वास्तविक अवस्था स्पष्ट हुन अझै समय लाग्ने देखिन्छ।

यसबारे अमेरिका र इजरायलले केही बोलेका छैनन् । अत्याधुनिक जहाजमा निशाना साँधिएको कुरा खुलेमा उनीहरूको युद्ध व्यापारमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : २७ बजे

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना