जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २८ वर्षीय चेतबहादुर रम्तेल रहेको प्रहरीले जनाएको छ । उनलाई खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम पदार्थ,  ७७ हजार रुपैयाँ, दुई मोबाइल र डिजिटल तराजुसहित बूढानीलकण्ठ–१० कपन साप्रेढुङ्गा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रम्तेल यसअघि लागुऔषध कसूरमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका बेला गत भदौ २४ गते फरार भएका थिए । घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ४६ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा