निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल « Khabarhub

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ । 

हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट नेताहरूको आचरणका कारण जनतामा निराशा र असन्तोष पैदा भएको निर्वाचनबाट पुष्टि भएकाले नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको बताएका हुन् ।

कम्युनिस्टहरूले सही राजनीतिक दर्शन अनुसार काम गर्न नसकेकाले कम्युनिस्टको मूलधार भनिनेहरूको पतन भएको उनको भनाइ छ । उनले अहिले नेपालमा आफूलाई मूलधार भनिनेहरू वास्तविक कम्युनिष्ट नभएको समेत तर्क गरे । त्यस्तै महामन्त्री सिंहले राजनीतिमा उमेरले कुनै अर्थ नराख्ने समेत बताए । उमेर भन्दा पनि सही दृष्टिकोण महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले युवा नेताका रुपमा परिचित रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा अरबौ घोटाला गरेको आरोप समेत लगाए ।  

त्यस्तै नेकपा मसालले भदौ २३ र २४ गते भएको युवाहरूको आन्दोलन जायज मागका लागि भए पनि स्पष्ट नेतृत्व हुन नसक्दा अवसरवादीहरूले त्यसलाई गलत रुपमा प्रयोग गरेको जनाएको छ । 

मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ भने हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ६ : २७ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा