५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ ।
नबिल बैंकद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत
नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग सीमा व्यापार थाल्ने तयारी गरेको छ।

फागुन २१ गते चुनाव भएर नेपालको अन्तरिम सरकार बिदा हुनै लागेका बेला दुई ठूला छिमेकीबीच यो प्रक्रिया अघि बढेको हो। नेपालमा नयाँ सरकार आउन अझै एक साता लाग्ने देखिएको छ। बालेन्द्र साह नेतृत्वको सरकारले भारत र चीनको यो कदमबारे के प्रतिक्रिया दिन्छ प्रतिक्षा गर्नुपर्ने भएको ।
सन् २०२० मा कोभिड-१९ महामारीका कारण बन्द भएको यो व्यापारिक मार्ग ६ वर्षपछि खोल्न लागिएको टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारमा भनिएको छ।













प्रतिक्रिया