सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला « Khabarhub

सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् ।

हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरूपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रस्ट पारिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी खुम्चिनुको कारणबारे भने समीक्षा गर्न जरुरी रहेको बताइन् ।

अहिलेको समस्या समाधान गर्दै नियमित महाधिवेशनबाट पार्टीलाई फेरि एकजुट बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन् ‘हामी जुन परिस्थितमा विशेष महाधिवेशन गरेर सभापतिमा थापालाई ल्याएका थियौँ, त्यसको सन्देश जनतासम्म पुग्न सकेन । अब हामीले फेरि प्रयास गरेर आउँदो प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्नुपर्छ ।’

५० दिनमै कसैको कार्यक्षमताको मूल्यांकन नहुने बताउँदै सहमहामन्त्री संगौलाले ३५ वर्षदेखि थुप्रिएको असन्तोषको विस्फोट यस पटकको चुनावमा भएको उल्लेख गरिन् ।

कांग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्दा डेलिभरी दिन नसकेकै कारण जनताले मत बदलेको उल्लेख गर्दै अब पनि नसच्चिने हो भने आउँदो निर्वाचनमा मन र मत दुवै बदल्ने बताइन् । त्यसलाई रोक्न र जनताको भरोसायोग्य पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कांग्रेस अब ५ वर्ष सत्ताको खेलमा नभएकाले जनताका मुद्दा महँगी, बेरोजगारी, सुशासनका सवालमा सदनमा सशक्त प्रतिपक्ष भएर उभिनुपर्छ भने आवश्यकताका आधारमा सडक पनि तताउन जरुरी छ ।’

अब हुने नियमित महाधिवेशनमार्फत विज्ञ र समाजमा प्रभाव राख्ने व्यक्तित्वहरूलाई सिधै पार्टीको नीतिगत तहमा प्रवेश गराउने बाटो खोल्नुपर्नेमा जोड दिँदै  ‘चेक एण्ड ब्यालेन्स’ गर्न भने जरुरी रहेको उल्लेख गरिन् ।

‘हामीलाई अब दायाँवायाँ गर्ने कुनै पनि छुट छैन । अहिले सभापतिले राजीनामा दिएर भाग्ने होइन, मुलुकसामु आउने नयाँ चुनौतीहरु हामीहरुकै अहिलेको नेतृत्वले समाधान गरेर अघि बढ्ने हो । सत्ता भनेको आउँछ जान्छ तर हामीले नयाँ तरिकाले जनतामा भरोषा दिलाएर फेरि उठ्ने संकल्प गर्न जरुरी छ । हामीमा पनि केही कमीकमजोरीहरु होलान्, त्यसलाई समिक्षा गरेर समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले गगन थापाजीले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्नुपर्छ ।’ सहमहामन्त्री संगौलाको भनाइ छ ।

बैठकमा उनले नेतृत्वको रूपान्तरण र पुस्तान्तरणको सुनिश्चितता, संगठनको आमूल पुनर्संरचना र डिजिटल कनेक्टिभिटी लगायत आगामी कार्यदिशाका लागि ७ बुँदे प्रस्तावहरू पनि पेश गरेकी छिन् ।

सो अवसरमा उनले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान कोशी, मधेश र बागमति प्रदेशका २८ जिल्लाका विभिन्न क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदन पनि उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : १९ बजे

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर