अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प ! « Khabarhub

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प !


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि सार्ने भएको छ।

चर्चित अर्थशास्त्रीसमेत रहेका वाग्लेलाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच सहमति जुटेको स्रोतको दाबी छ।

बालेननिकट स्रोतका अनुसार अर्थमन्त्रीमा वाग्लेको नाम निर्विकल्प देखिएको हो। सामाजिक, शैक्षिक र विज्ञताको हिसाबले पनि परिपक्व भन्दै वाग्लेलाई अर्थको जिम्मेवारी दिनु उपयुक्त हुने निष्कर्ष निकालिएको हो ।

सभापति लामिछानेनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा वाग्ले निर्विकल्प देखिएका छन् । यसअघि नै रविले वाग्लेलाई एक कार्यक्रममा आगामी वर्षको बजेट लेख्न थाल्न भनेका थिए । रास्वपाबाट अरू मन्त्रालयमा २ देखि ५ जनासम्म आकांक्षी छन्।

‘अहिलेका लागि अर्थमन्त्रीमा वाग्लेभन्दा अर्को उपयुक्त मान्छे छैन, त्यसकारण उहाँलाई निर्विकल्प अघि सारिँदैछ’, स्रोत भन्छ, ‘दुवै शीर्ष नेताले यसबारे सहमति जुटाउनु भएको छ । वाग्ले अर्थमन्त्री बन्ने लगभग पक्का हो।’

पार्टीमा दोस्रो वरीयताका उपसभापति रहेका वाग्ले २०८० को उपनिर्वाचन अगाडि कांग्रेस छाडेर रास्वपामा जोडिएका हुन्। कांग्रेसमा अर्थविद्का रुपमा काम गरिरहेका उनलाई तत्कालीन सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले २०७९ को संसद्को टिकमा रोकेका थिए ।

गोरखाको सहिद लखन गाउँपालिका–८ मा जन्मिएका वाग्ले सानैबाट पढाइलेखामा तीक्ष्ण थिए ।

उनको जन्म १६ जेठ २०३१ मा भएको हो । वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलबाट गरे ।

उनले अष्ट्रेलियाको नेशनल युनिर्भसिटीबाट विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनले हार्बड युनिर्भसिटी, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकास/सार्वजनिक नीतिमा स्नाकोत्तर पनि गरेका छन् ।

बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका उनी अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित व्यक्ति हुन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ३० बजे

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास