प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन् । उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरे ।

प्रधानमन्त्री कार्कीले पनि रास्वपालाई निर्वाचन सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर काम गर्न र जनताको अपेक्षा पूरा गर्न सुझाव दिइन् । उनले देशवासीका अपेक्षा धेरै रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरेर परिणाम दिन आग्रह गरिन्।

भेटमा समसामयिक राजनीतिक विषयका साथै विदेशमा रहेका नेपाली र श्रमिक सुरक्षाका विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ९ : ०६ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा