प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन् । उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरे ।

प्रधानमन्त्री कार्कीले पनि रास्वपालाई निर्वाचन सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर काम गर्न र जनताको अपेक्षा पूरा गर्न सुझाव दिइन् । उनले देशवासीका अपेक्षा धेरै रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरेर परिणाम दिन आग्रह गरिन्।

भेटमा समसामयिक राजनीतिक विषयका साथै विदेशमा रहेका नेपाली र श्रमिक सुरक्षाका विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ९ : ०६ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को