इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने « Khabarhub

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

पाकिस्तानी मध्यस्थतापछि इरानमाथिको सम्भावित सैन्य आक्रमण तत्कालका लागि टर्यो


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमणलाई तत्कालका लागि रोक्न निर्देशन दिएको ट्रम्पले उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा यो कदम चालिएको बताएका छन् । यसअघि तय गरिएको युद्धविरामको समयसीमा बुधबार सकिँदै थियो ।

“मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी अवस्थामा रहन निर्देशन दिएको छु,” ट्रम्पले लेखेका छन्, “इरानको तर्फबाट प्रस्ताव नआउन्जेल र छलफलले कुनै निष्कर्ष ननिकालेसम्म युद्धविरामको अवधि थपिनेछ ।” ट्रम्पको यो भनाइले युद्धविरामको समयसीमा निश्चित नभएको र यो इरानको प्रतिक्रियामा भर पर्ने संकेत गरेको छ ।

ह्वाइट हाउसबाट आएको यो निर्णयलाई ट्रम्पको पछिल्लो नाटकीय परिवर्तनका रूपमा हेरिएको छ । सोसल मिडियामा पोस्ट गर्नु केही घण्टाअघि मात्रै ट्रम्पले युद्धविराम लम्ब्याउने पक्षमा आफू नरहेको बताएका थिए । उनले इरानी पूर्वाधारमा ठुलो आक्रमण गर्नुअघि तेहरानसँग समय घर्किँदै गएको चेतावनी समेत दिएका थिए । तर, इरानी अधिकारीले अमेरिकी जलसेनाले गरेको सामुद्रिक नाकाबन्दीको निन्दा गर्दै बुधबारका लागि तय भएको वार्तामा बस्न नसकिने संकेत गरेपछि ट्रम्प लचक देखिएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम लम्ब्याउन राजी भएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । इस्लामावादले यो द्वन्द्वलाई वार्ताको माध्यमबाट समाधान गर्न निरन्तर पहल गर्ने बताएका छन् ।

इरानले भने ट्रम्पको यो पछिल्लो घोषणाप्रति आधिकारिक प्रतिक्रिया जनाएको छैन । त्यहाँको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार तेहरानको आधिकारिक धारणा केही समयपछि सार्वजनिक गरिनेछ । इरानले यसअघि नै अमेरिकी नाकाबन्दी नहटेसम्म वार्ताको औचित्य नहुने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : ४० बजे

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको