इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने « Khabarhub

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

पाकिस्तानी मध्यस्थतापछि इरानमाथिको सम्भावित सैन्य आक्रमण तत्कालका लागि टर्यो


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमणलाई तत्कालका लागि रोक्न निर्देशन दिएको ट्रम्पले उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा यो कदम चालिएको बताएका छन् । यसअघि तय गरिएको युद्धविरामको समयसीमा बुधबार सकिँदै थियो ।

“मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी अवस्थामा रहन निर्देशन दिएको छु,” ट्रम्पले लेखेका छन्, “इरानको तर्फबाट प्रस्ताव नआउन्जेल र छलफलले कुनै निष्कर्ष ननिकालेसम्म युद्धविरामको अवधि थपिनेछ ।” ट्रम्पको यो भनाइले युद्धविरामको समयसीमा निश्चित नभएको र यो इरानको प्रतिक्रियामा भर पर्ने संकेत गरेको छ ।

ह्वाइट हाउसबाट आएको यो निर्णयलाई ट्रम्पको पछिल्लो नाटकीय परिवर्तनका रूपमा हेरिएको छ । सोसल मिडियामा पोस्ट गर्नु केही घण्टाअघि मात्रै ट्रम्पले युद्धविराम लम्ब्याउने पक्षमा आफू नरहेको बताएका थिए । उनले इरानी पूर्वाधारमा ठुलो आक्रमण गर्नुअघि तेहरानसँग समय घर्किँदै गएको चेतावनी समेत दिएका थिए । तर, इरानी अधिकारीले अमेरिकी जलसेनाले गरेको सामुद्रिक नाकाबन्दीको निन्दा गर्दै बुधबारका लागि तय भएको वार्तामा बस्न नसकिने संकेत गरेपछि ट्रम्प लचक देखिएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम लम्ब्याउन राजी भएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । इस्लामावादले यो द्वन्द्वलाई वार्ताको माध्यमबाट समाधान गर्न निरन्तर पहल गर्ने बताएका छन् ।

इरानले भने ट्रम्पको यो पछिल्लो घोषणाप्रति आधिकारिक प्रतिक्रिया जनाएको छैन । त्यहाँको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार तेहरानको आधिकारिक धारणा केही समयपछि सार्वजनिक गरिनेछ । इरानले यसअघि नै अमेरिकी नाकाबन्दी नहटेसम्म वार्ताको औचित्य नहुने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : ४० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६