गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक « Khabarhub

गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजीले गर्मीलाई लक्षित गरी ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीले नयाँ वार्षिक अभियान ‘एक्सपेरिएन्स लाइफ विद सीजी’अन्तर्गत यो नयाँ सिरिज सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ फ्रस्टलाइन रेन्ज थप गरेको छ । यसका प्रमुख आकर्षणहरू यस प्रकार छन् :

विशाल ट्याङ्की ( फ्रस्टलाइन ११० लिटर & ९५ लिटर): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ।
मिड–रेन्ज मास्टर ( फ्रस्टलाइन ७५ लिटर & ५५ लिटर ): सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइ।
 

सीजीले डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र विन्डो कुलर गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा ल्याएको छ । यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमताका रहेका कम्पनीले जनाएको छ । यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ फ्रस्टलाइन रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको कम्पनीको दाबी छ ।

मुख्य प्रविधि र विशेषताहरू

डबल बल बेरिङ मोटर : शक्तिशाली र टिकाउ मोटर जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ ।
आइस च्याम्बर : थप चिसो हावाका लागि विशेष बरफ राख्ने सुविधा ।
एड्भान्स्ड हनीकम्ब प्याड : उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ ।
शक्तिशाली एयर थ्रो : कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्‍याउने उच्च गतिको फ्यान ।
 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : ०२ बजे

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको