अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत « Khabarhub

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् ।

महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन्  ।

उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यहरूबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरेका छन् ।

डुजारिकले वार्तालाई सहज बनाउने पाकिस्तानको प्रयासलाई महासचिवको पूर्ण समर्थन रहेको पुष्टि गर्दै यो प्रयासले द्वन्द्वको स्थायी समाधानमा पुग्ने अवस्था सिर्जना गर्न योगदान पुर्‍याउने आशा व्यक्त गरेका छन् ।

द्वन्द्व अन्त्य गर्ने र स्थायी समाधान खोज्ने उद्देश्यले अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानी नेतृत्वको प्रयासको बिचमा राष्ट्रसङ्घको स्वागत आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविराम विस्तार गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ४० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६