सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल « Khabarhub

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न पहलकदमी सुरु गरेको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुल गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर आज चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गरेको मन्त्रालयले थियो । यस्तै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रमुख एआइजी डा मनोज केसीसँग समेत छलफल गरिएको थियो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिने वातावरणको अन्त्य गर्नुपर्ने बताए ।

बैठकमा महान्यायाधिवक्ता डा कँडेल र एआइजी डा केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ता डा कँडेलले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले विशेष भूमिका खेल्ने बताए ।

समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्न महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क स्थापना गरिएको छ । यसले अझै प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । एआइजी डा केसीले अनुसन्धानमा देखिएका केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ता गर्न सिआइबीले आवश्यक समन्वय गर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ८ : १५ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा