इलाम गोल्डकप : मछिन्द्र फाइनलमा « Khabarhub

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो ।

मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए । यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए ।

मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे । पथरीका सुजल डङ्गोलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफी प्राप्त गरे ।

बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ८ : ५५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले