विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ (२०२३–२०२७) को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९:३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

समान २७ खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले २७ खेल खेल्दा १९ जित निकाल्दै ३८ अंक जोडेको छ । समान खेल खेलेको नेपालले भने १० मात्र जित निकालेर १५ हारको सामना गरेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा सीमित छ ।

विश्वकप छनोटमा पर्न र एकदिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अमेरिका भने शीर्ष स्थानमामा रहँदै उपाधि उचाल्ने दाउमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमै भएको अघिल्लो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर तीन बलमा मात्र एक विकेटको क्षतिमा १९९ रन बनाउँदै नौ विकेटको सानदार जित निकालेको हो । अघिल्लो खेलको महत्त्वपूर्ण जितले नेपालको मनोबल उच्च बनाएको छ । अमेरिका भने नेपाललाई घरेलु मैदानमा बदला लिन चाहन्छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका चार खेलमध्ये दुई जित निकाल्दा नेपालले एउटामा हारको सामना गरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई नै ६ विकेटले हराएको हो।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : १४ बजे

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन

छठ मनाउन रास्वपा सभापति लामिछाने शनिबार जनकपुरधाम जाने : के छ कार्यक्रम ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे