आजको कार्टुन : बरू अन्त जान्छन्, संसद्‍मा जाँदैनन् प्रधानमन्त्री « Khabarhub

आजको कार्टुन : बरू अन्त जान्छन्, संसद्‍मा जाँदैनन् प्रधानमन्त्री


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २८ गतेदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा खोजिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका प्रधानमन्त्री संसद्मा नआउने जिद्दी गरेर बसिरहेका छन् ।

दिनदिनै प्रतिपक्षी दलहरूले संसद्‍मा आएर जवाफ दिन माग गरे पनि प्रधानमन्त्रीको अटेर उदेकलाग्दो छ । जुन संसद्बाट उनी प्रधानमन्त्री भए, त्यसैलाई उनले गरेको अपमानविरुद्ध दलहरू बोलिरहेका छन् ।

यो अवस्थामा प्रम बालेनको व्यवहारले उनका समर्थक पनि उदेक मानिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूलै बालेनले संसद्लाई छल्नु गलत रहेको बताइरहेका छन् ।

यही सन्दर्भमा हामीले यहाँ कार्टुनमार्फत् प्रधानमन्त्री बालेनको व्यवहारबारे कटाक्ष गरेका छौँ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ११ : ५६ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका