मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको विज्ञ सूची बनाउँदै  « Khabarhub

मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको विज्ञ सूची बनाउँदै 


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्ने भएको छ।  

काउन्सिलले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ र पारदर्शी प्रणालीमार्फत विज्ञहरूको परिचालन गर्न स्वचालित ‘र्यान्डम सेलेक्सन’ नीति अवलम्बन गरेको जानकारी दिँदै योग्य विशेषज्ञहरूलाई आवेदनका लागि आह्वान गरेको हो । विज्ञ सूचीमा आबद्ध हुनका लागि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको र कुनै पनि नैतिक वा व्यावसायिक आचरण उल्लंघन सम्बन्धी कारबाहीमा नपरेको हुनुपर्नेछ । 

साथै, सम्बन्धित विधामा एमडी, एमएस वा एमडीएस वा सो सरहको विशेषज्ञ उपाधि प्राप्त गरेपछि सम्बन्धित विषयमा न्यूनतम १० वर्षको कार्य अनुभव भएको वा प्राज्ञिक क्षेत्रमा सह-प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा कार्यरत रहेको हुनुपर्ने योग्यता तोकिएको छ। 

काउन्सिलले बायो–एथिक्स, मेडिकल एथिक्स वा गुड क्लिनिकल प्राक्टिस सम्बन्धी आधारभूत वा उन्नत तालिम प्राप्त गरेका वा कुनै मान्यता प्राप्त इन्स्टिच्युसनल रिभ्यु कमिटीमा काम गरेको अनुभव भएका विशेषज्ञहरूलाई प्राथमिकता दिइने जनाएको छ ।

इच्छुक र योग्यता पुगेका विशेषज्ञ चिकित्सकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ३० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार