मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित « Khabarhub

मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा मलेसियामाथि फराकिलो जित निकालेको छ।

मलेसियाको बायुमास ओभल क्रिकेट शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटको हराएको हो ।

पहिले ब्याटिङमा गएको मलेसियाले जितका लागि ८३ रनको सामान्य चुनौती पस्किएको थियो । नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपाललाई जिताउन सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन् । कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन बनाए ।

टस जितेर पहिले ब्याटिङमा गएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रनको सामान्य अंक बनाएको थियो ।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन्। धनुश्री मुहुनानले १५ रन जोडिन् । अरिनान नातास्याले १३ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।

बलिङमा नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई-दुई विकेट झारे। पूजा महतो र सीता रानामगरले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ०४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक