मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित « Khabarhub

मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा मलेसियामाथि फराकिलो जित निकालेको छ।

मलेसियाको बायुमास ओभल क्रिकेट शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटको हराएको हो ।

पहिले ब्याटिङमा गएको मलेसियाले जितका लागि ८३ रनको सामान्य चुनौती पस्किएको थियो । नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपाललाई जिताउन सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन् । कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन बनाए ।

टस जितेर पहिले ब्याटिङमा गएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रनको सामान्य अंक बनाएको थियो ।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन्। धनुश्री मुहुनानले १५ रन जोडिन् । अरिनान नातास्याले १३ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।

बलिङमा नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई-दुई विकेट झारे। पूजा महतो र सीता रानामगरले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ०४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका