न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित « Khabarhub

न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कराँते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्युयोर्कमा विशेष सम्मान गरिएको छ ।

किरात राई सोसाइटी अफ अमेरिकाले साकेला उँधौलीको अवसरमा आयोजना गरेको कार्यक्रममा राईलाई नगद ३ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले उनलाई सम्मानपत्र र नगद हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै भण्डारीले खेलाडीहरू देशका गहना भएको उल्लेख गर्दै विदेशमा गएर उत्कृष्ट प्रदर्शन गरेकोमा राईलाई बधाई दिए । आयोजकका तर्फबाट भारती राईले पनि खेलाडीको उपलब्धिले समुदाय र देश दुवैको गौरव बढाएको बताउँदै आगामी प्रतियोगितामा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरे।

राईले हालै अमेरिकाको डल्लासमा आयोजित २७ औँ हिराल्डोज काइ सोतोकान अन्तर्राष्ट्रिय च्याम्पियनसिप–२०२६ मा दुई पदक जितेका थिए । उनले कातातर्फ स्वर्ण र कुमिते (फाइट)तर्फ रजत पदक जितेका हुन् । प्रतियोगितामा अमेरिकाका चाल्र्स जार्डन र नाथानिया जेआरलाई पछि पार्दै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विश्वस्तरीय मानिने उक्त प्रतियोगितामा विभिन्न देशका शीर्ष कराँते खेलाडीहरूको सहभागिता रहने गर्छ । यस वर्ष नेपालको तर्फबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्म्राङका राईले सहभागिता जनाएका थिए ।

सन्तोष राई लामो समयदेखि कराँते प्रशिक्षण र खेलाडी उत्पादनमा सक्रिय छन् । उनी काठमाडौँको इँचङ्गुमा डोजो सञ्चालन गर्दै आएका छन्, जहाँबाट उनले दर्जनौँ राष्ट्रिय स्तरका खेलाडी तयार गरिसकेका छन् ।

यसअघि उनले सन् २०२१ मा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेतर्फ स्वर्ण पदक जितेका थिए । मलेसिया र बेलायतमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले रजत र कास्य पदक पनि जितिसकेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ०५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा