न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित « Khabarhub

न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कराँते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्युयोर्कमा विशेष सम्मान गरिएको छ ।

किरात राई सोसाइटी अफ अमेरिकाले साकेला उँधौलीको अवसरमा आयोजना गरेको कार्यक्रममा राईलाई नगद ३ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले उनलाई सम्मानपत्र र नगद हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै भण्डारीले खेलाडीहरू देशका गहना भएको उल्लेख गर्दै विदेशमा गएर उत्कृष्ट प्रदर्शन गरेकोमा राईलाई बधाई दिए । आयोजकका तर्फबाट भारती राईले पनि खेलाडीको उपलब्धिले समुदाय र देश दुवैको गौरव बढाएको बताउँदै आगामी प्रतियोगितामा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरे।

राईले हालै अमेरिकाको डल्लासमा आयोजित २७ औँ हिराल्डोज काइ सोतोकान अन्तर्राष्ट्रिय च्याम्पियनसिप–२०२६ मा दुई पदक जितेका थिए । उनले कातातर्फ स्वर्ण र कुमिते (फाइट)तर्फ रजत पदक जितेका हुन् । प्रतियोगितामा अमेरिकाका चाल्र्स जार्डन र नाथानिया जेआरलाई पछि पार्दै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विश्वस्तरीय मानिने उक्त प्रतियोगितामा विभिन्न देशका शीर्ष कराँते खेलाडीहरूको सहभागिता रहने गर्छ । यस वर्ष नेपालको तर्फबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्म्राङका राईले सहभागिता जनाएका थिए ।

सन्तोष राई लामो समयदेखि कराँते प्रशिक्षण र खेलाडी उत्पादनमा सक्रिय छन् । उनी काठमाडौँको इँचङ्गुमा डोजो सञ्चालन गर्दै आएका छन्, जहाँबाट उनले दर्जनौँ राष्ट्रिय स्तरका खेलाडी तयार गरिसकेका छन् ।

यसअघि उनले सन् २०२१ मा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेतर्फ स्वर्ण पदक जितेका थिए । मलेसिया र बेलायतमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले रजत र कास्य पदक पनि जितिसकेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ०५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार