कञ्चनपुरमा सेवाग्राहीको घरमै राहदानी « Khabarhub

कञ्चनपुरमा सेवाग्राहीको घरमै राहदानी


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर–  कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्‍याउन थालिएको छ । 
    
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । 

घर ठेगानामै राहदानी पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्‍याउन थालिएको जानकारी दिए ।

‘पहिलो दिन हामीले प्रशासनबाट प्राप्त गरेका १४ वटामध्ये १३ राहदानी सेवाग्राहीको घरमै पुर्‍यायौँ,’ प्रमुख पाण्डेयले भने, ‘हामी प्रशासनबाट प्राप्त गरेको दोस्रो दिन नै यहाँका सबै पालिकामा घरमै पुगेर वितरण गर्न सक्छौँ ।’
    
बिहीबार मात्रै पुर्नवास नगरपालिकामा सात, बेलौरीमा एक, दोधारा चाँदनीमा तीन, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा एक-एक राहदानी हुलाक कर्मचारीले सेवाग्राहीको घरमै पुर्‍याएका छन् । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता मिलेको छ ।     

‘प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने हुन्छ’, प्रमुख पाण्डेयले भने, ‘सबै पालिकामा हुलाका सेवा हुँदा राहदानी पुर्‍याउन छरितो पनि भयो ।’
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ३४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार